सिलिङ्गे महिला चेतना समूहको सातौं अधिवेशन सम्पन्न

काठमाडाैं | फागुन १५, २०७९

सिलिङ्गे महिला चेतना समूहको सातौं अधिवेशन सम्पन्न

पोखरा:   पोखरा महानगरपालिका वडा नं ३३ मा क्रियाशिल सिलिङ्गे महिला चेतना समूहको १६ औं वार्षिक साधारण सभा एवम् सातौं अधिवेशन एक कार्यक्रमकाबीच आज सम्पन्न भएको छ ।


    
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले सिलिङ्गे महिला चेतना समूहको सकृयता अनुकरणीय भएको बताउनुभयो । सामाजिक जागरणसँगै विकास निर्माणमा समूहले उल्लेख्य काम गरिहेको बताउँदै उहाँले समूहका हरेक गतिविधिमा वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


    
सिलिङ्गे महिला चेतना समूहका अध्यक्ष कर्णकुमारी महतले समूहको सकृयतामा सदस्यहरूलाई विभिन्न सिपमुलक तालीमका साथै ऐतिहासिक चौतारा, प्रतिक्षालय आदि निर्माण गरिएको बताउनुभयो । समूहले आगामी दिनमा पाण्डेबारीमा चौतारा निर्माणसँगै वातावरण संरक्षणका कार्यक्रम, चेतना एवम् सीपमुलक तालीम प्रदान लगायतका काम गर्ने बताउनुभयो ।


    
समूहका सचिव सीता केसी महतको सञ्चालन एवम् उपाध्यक्ष सरला महतले स्वागत गर्नुभएको कार्यक्रममा वडा सदस्य विनोदबाबु भण्डारी, रामचन्द्र पौडेल, गुरुप्रसाद पौडेल, चेतबहादुर महत लगायतले समूहले सामाजिक सचेतनासँगै ऐतिहासिक स्थलहरूको संरक्षण र विकासमा गरेको योगदान प्रशंसनीय भएको बताउनुभयो ।


    
उक्त अवसरमा समूहका संस्थापक सल्लाहकार एवम् पदाधिकारी एवम् रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । 


    
यसैबीच समूहको सातौं अधिवेशनले पुनः कर्णकुमारी महतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । नव गठित समितिको उपाध्यक्षमा सरला महत, सचिवमा सीता केसी महत, कोषाध्यक्षमा सविता आचार्य पौडेल, सहसचिवमा विष्णु पौडेल र सदस्यहरूमा लक्ष्मी जमरकटेल, गंगा क्षेत्री, जौमाया विक, सम्झना भट्टराई, विष्णुमाया विक, सुनिता अर्याल महत, जमुना महत र सविता पौडेल रहनुभएको छ । 


    
अधिवेशन सम्पन्न गर्नका लागि वासुदेव पौडेलको संयोजकत्वमा हेमबहादुर थापा र राधा पौडेल सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।
 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्